२ आश्विन २०८३, शुक्रबार
,
Latest
हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान नयाँ डिजाइनमा ५० रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक सांसदहरूले बलात्कार, महिला हिंसा, सर्वोच्च अदालत तोडफोड र बाढी प्रभावितको विषयमा सरकारको ध्यानाकर्षण गराए कसूरजन्य सम्पत्ति जफत र लिलामी प्रक्रिया थप व्यवस्थित गरिँदै कालिकाको प्रतिक्षा: बसेकी छु हजुरको नाम जप्दै, दियो बाल्दै त्यसैमा तेल थप्दै… शक्तिशाली राष्ट्रले कमजोरमाथि शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : रघुजी पन्त बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना : अध्यक्ष दाहाल नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो



अ+ अ-

काठमाडाैँँ । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ वटा शव निकालिएको छ।

नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङमा खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीभित्र अल्झिएको अवस्थामा ती शव फेला पारेको हो।

सुरुङभित्र हिलो र अन्य संरचनाले पुरिएको अवस्थामा शवजस्तो आकृति देखिएपछि खोजी कार्यलाई थप तीव्र बनाइएको सेनाले जनाएको छ। उद्धार टोलीले ग्रिन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी जाली काटेर शवहरू बाहिर निकालेको थियो।

बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सबैभन्दा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्। बिहीबारसम्मको विवरणअनुसार आयोजनामा कार्यरत ४९२ जना अझै सम्पर्कविहीन छन् भने ९३६ जना सम्पर्कमा आइसकेका छन्।

बाढी आउनुअघि आयोजनामा कुल १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए। कोरियाली लगानीमा निर्माण भइरहेको उक्त जलविद्युत् आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएपछि सुरुङ तथा आयोजनाको संरचनाभित्र बेपत्ता भएकाहरूको खोजी जारी छ।