२ आश्विन २०८३, शुक्रबार
,
Latest
माधव नेपालको चिन्ता–‘नेपाल कतै विदेशीहरुको खेलमैदान पो बन्ने हो कि’ दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिन्छौँः दाहाल मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक मौलिक हक कार्यान्वयनका लागि बाँकी कानून निर्माणलाई सरकारले प्राथमिकता दिएको छ : मन्त्री गौतम सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि तीनै तहबाट कार्यक्रम सञ्चालन : मन्त्री पोखरेल जलवायुजन्य विपद्बाट प्रभावित किसानलाई राहत प्रदेशमार्फत, कृषि बीमामा ८० प्रतिशतसम्म अनुदानः मन्त्री चौधरी ‘म मदनकृष्ण’को छायांकन सुरु संघीयता प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार र स्रोत दिनुपर्छ : मेचे चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि



अ+ अ-
काठमाडाैँ । काभ्रे जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा १३ र पाँचखाल नगरपालिकामा १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमित फेला परेका उहाँले बताउनुभयो । पाँचखालमा एक, नमोबुद्ध नगरपालिकामा एक र मण्डनदेउपुर नगरपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
धुलिखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा हालसम्म डेङ्गु सङ्क्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा काभ्रेमा ५९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मनसुनको समयमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यस वर्ष सङ्क्रमण थप फैलिन नदिन सचेतना र सरसफाइमा सचेतना फैलाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घर, आँगन तथा वरपर पानी जम्न नदिन र लामो बाहुला भएका कपडा लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ । ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्नेलगायत लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन कार्यालयले अनुरोध गरेको छ ।




न्यूजपोलारबाट थप समाचार