२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको शव स्वदेश आइपुग्यो



अ+ अ-

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव आज (सोमबार) नेपाल ल्याइएको छ ।

उनको शव केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

विमानस्थलमा प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, सुरक्षाकर्मी तथा विपिनका परिवारजनले उनको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

विदेश अध्ययनका क्रममा इजरायल पुगेका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । लामो समयसम्म उनको अवस्था अज्ञात रहँदै आएकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविरामपछि बन्दी साटासाट प्रक्रियाका क्रममा हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचका आधारमा शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन् ।

नेपाल ल्याउनुअघि आइतबार तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरिएन विमानस्थलमा उनको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जलीका क्रममा उनको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।

विपिनको शव आजै कञ्चनपुरको भिमदत्तनगरस्थित घरमा लगिने र त्यहीँ अन्तिम दाहसंस्कार गरिने तयारी गरिएको छ ।




भर्खरै