२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलेकै घरबाट खड्काले भने–म विदेश भागेको होइन, डेंगु उपचारमा थिएँ



अ+ अ-

काठमाडौं । ‘विदेश भागे’ भन्ने हल्लाबीच पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का अन्ततः सार्वजनिक भएका छन् । जेन–जी आन्दोलनको क्रममा आगजनी भएको आफ्नै बूढानीलकण्ठस्थित घरमा आइतबार बिहान पहिलो पटक देखिएका खड्का अहिले सम्पत्ति शुद्धीकरण विभागको निगरानीमा छन् । विभागले उनको घरमा ठूलो परिमाणको नगद भेटिएको दाबीका आधारमा अनुसन्धान अघि बढाइरहेको छ ।

तर, नेपाली कांग्रेसका नेता समेत रहेका खड्काले यस्ता सबै आरोपको खण्डन गर्दै योजनाबद्धरूपमा आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । उनले दशैंका लागि साटेर राखिएका २० र ५० रुपैयाँका नोटहरू जलाएर आफूलाई बदनाम गरिएको दाबी गरेका छन् ।

“मसँग दुई–चार लाख रुपैयाँ नहुन सक्छ भनेर कसैले विश्वास गर्दैन,” भन्दै खड्काले भने, “राजनीतिका लागि व्यवसायमा लागेको हुँ, तर भ्रष्टाचारको पक्षमा कहिल्यै उभिएको छैन ।”

उनले आन्दोलनको दिन आफू घरमै रहेको स्पष्ट पार्दै, आगलागीपछि परिवारसहित मानसिक तनावमा परेको बताएका छन् । त्यस क्रममा केही समयका लागि तराई पुगेको र डेंगु संक्रमण भएपछि भारतको मेदान्त अस्पतालमा ११ दिन उपचार गराएको उनले जानकारी दिए । उनले त्यही अवधिमा केही राजनीतिक भेटघाट भए पनि सिंगापुर गएको दाबी असत्य भएको बताए ।

पटक–पटक राजनीतिक संघर्षमा जेल परिसकेका खड्काले पछिल्लो घटनाले आफू विचलित नपर्ने बताएका छन् । उनले भने, “देशप्रति धैर्य राख्न जनतालाई आग्रह गर्छु, म सधैं जनताको सुख–दुखमा साथ रहन्छु ।”

यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक रूपमा “पूर्व ऊर्जामन्त्री दीपक खड्का भागिसके” भन्दै उनी अमेरिका पुगेको दाबी गरेका थिए । उनले अन्य नेताहरू पनि भाग्ने तयारीमा रहेको बताउँदै “अब कसैलाई छोडिँदैन” भनेका थिए ।

तर, भोलिपल्टै खड्काको सार्वजनिक उपस्थितिले गृहमन्त्रीकै भनाइलाई असत्य सावित गरिदिएको छ । त्यसपछि खड्काले टिप्पणी गरे, “मात्र म होइन, मेरो पार्टीका अरू नेताहरू पनि कोही भाग्दैनन् । सरकारमा बस्ने मान्छेहरू भाग्नुपर्ने कुनै कारण छैन । आन्दोलनका विषयमा तत्कालीन सरकारले नै छानबिनको निर्णय गरिसकेको छ, त्यसैले भाग्नुपर्ने कुरा उठ्दैन ।”