२५ असार २०८३, बिहीबार
,
Latest
राप्रपाले भन्यो–जनताले सत्तापक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्नेछन् संवैधानिक नियुक्ति खुला प्रतिष्पर्धाबाट छनोट गर्नुपर्ने थियो, तर पुरानै अभ्यासलाई निरन्तरता दिइयोः पद्मा अर्याल स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा चलाउन नसकिने अर्थमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः नेकपा सांसद मल्ल कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले, बोलायो प्रतिनिधि फिर्ता तनहुँ ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह सरकारलाई एमाले सांसद बरालको प्रश्नः सुकुम्बासीले बाँच्न पाउने कि नपाउने ? ललितपुर महानगरपालिकामा साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी कृषि तथा वन मन्त्रालयको १०० दिने उपलब्धिः कार्बन व्यापारबाट १ अर्ब १० करोड आम्दानी र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग: युनाइटेडले लिभरपुललाई हरायो, टोटेनहम एस्टन भिल्लासँग स्तब्ध



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको हो । खेलको दोस्रो मिनेटमा नै ब्रायन एम्बेउमोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए ।

यता, ८४ औं मिनेटमा ह्यारी माग्वेरले गोल गर्दै युनाइटेडलाई जित दिलाए । लिभरपुलको यो लगातार तेस्रो हार हो । टोलि ८ खेलबाट १५ अंकका साथ तालिकाको चौंथो स्थानमा झरेको छ । युनाइटेड १३ अंकका साथ नवौं स्थानमा छ ।

यस्तै, अर्को खेलमा टोटेनहम एस्टन भिल्लासँग २–१ गोलले घरेलु मैदानमै स्तब्ध बन्यो । खेलको पाँचौं मिनेटमा नै रोड्रीगो बेन्टानकरले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा मोर्गान रोजर्सले गोल गर्दै भिल्लालाई १–१ को बराबरीमा ल्याए ।

यता, ७७ औं मिनेटमा एमि बुन्डिआले गोल गर्दै भिल्लालाई २–१ ले अघि बढाए । त्यसपछि दुबै टोलिबाट गोल हुन सकेन र भिल्लाले तीन अंक जोड्यो ।

यो नतिजापछि टोटेनहम ८ खेलबाट १४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । भिल्ला १२ अंकका साथ ११ औं स्थानमा छ ।