६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो: ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेन–जी आन्दोलन’ का क्रममा आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको निगरानीमा रहनु परेको खुलासा गरेका छन् । उनले सो अवधिमा आफ्नो मोबाइलसमेत सिज गरिएको जानकारी दिएका छन् ।

आइतबार सम्पादकहरूसँगको संवादमा बोल्दै ओलीले भने, “मैले राजीनामा दिएपछि सेनाको सुरक्षामा थिएँ । मेरो मोबाइल फोनसमेत सिज गरिएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले शपथग्रहण गरेपछि मात्रै मैले मोबाइल फिर्ता पाएँ ।”

फरक प्रसंगमा ओलीले एमालेभित्र नेतृत्वको अभाव नरहेको बताउँदै पार्टीभित्र थुप्रै आकांक्षीहरू रहेको उल्लेख गरे। उनले आफ्नो उमेर नेतृत्वको बाधा नभएको जिकिर पनि गरे। “अमेरिकामा ८० वर्षका मान्छे नेतृत्वमा छन्। भारतका प्रधानमन्त्रीदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनफिङसम्मलाई उमेरले छेकेको छैन,” ओलीले भने, “मेरो उमेरले पनि छेक्दैन ।”

त्यसैगरी उनले माओवादी केन्द्रका अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला दिनमा “भयानक झुट” बोलेको आरोप लगाए। ओलीका अनुसार तत्कालीन जटिल परिस्थितिमा उनले संविधान र लोकतान्त्रिक प्रणालीभित्रै रहँदै राष्ट्रपतिसमक्ष आवश्यक सिफारिस गरेका थिए ।

उनले स्पष्ट पार्दै भने, “राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसबिना नयाँ प्रधानमन्त्री बनाउन गाह्रो हुन्छ भनेपछि मैले त्यो कुरा स्वीकार गरेको हुँ। असहज र असाधारण अवस्था नियन्त्रणमा ल्याई शान्तिपूर्ण रूपमा फर्काउनका लागि लोकतान्त्रिक प्रणालीभित्रै समाधान खोज्न राष्ट्रपतिलाई सिफारिस गरेको थिएँ ।”