२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म देश र जनताप्रति बफादार छु, कसैलाई मन पर्नु/नपर्नु व्यक्तिगत कुरा होः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताउनुभएको छ ।

जेन—जी आन्दोलनपछि पहिलो पटक आईतवार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गर्दै त्यसप्रति मन पर्नु वा नपर्नु व्यक्तिको रोजाईको विषय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘देश अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’

अध्यक्ष ओलीले आफू सत्यको पक्षमा लागि परेको र लागि रहने बताउनु भयो ।