२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनको उद्देश्य सरकार परिवर्तन होइन, सुधार र सुशासनको माग होः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको स्पष्ट पारेका छन् ।

आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँग भएको अन्तरक्रियामा उनले जेनजी आन्दोलनका मागहरूलाई सही र न्यायोचित ठहर गर्दै आफू पनि ती उद्देश्यसँग सहमत रहेको बताए ।

‘यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो,’ ओलीले भने, ‘जेनजीहरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूको खुला तीन वटा माग मात्रै थिए— भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने ।’

ती मागहरू राष्ट्रिय हितसँग मेल खाने र सुधारतर्फ उन्मुख रहेको उनको भनाई छ । ओलीले थपे, ‘उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन् । म तिनै तीन कुराका लागि लडिरहेको थिएँ ।’

पूर्वप्रधानमन्त्री ओलीले आफू सामाजिक सञ्जाल बन्द गर्ने पक्षमा नभई त्यसलाई उत्तरदायी र जिम्मेवार रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा रहेको पनि पुनः दोहोर्याए ।