२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली केराको बोट सुक्न थालेपछि किसान चिन्तित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाले जिरोनालाई हरायो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले जिरोनालाई २–१ गोलले हराएको हो ।

घरेलु टोलि बार्साले खेलको १३ औं मिनेटमा नै पेड्रीको गोलबाट सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा एक्सेल विट्सेलले गोल गर्दै जिरोनालाई १–१ को बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा रोनाल्ड अराओले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । जितसँगै बार्सिलोना ९ खेलबाट २२ अंक जोड्दै शिर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियल मड्रिडको २१ अंक छ भने जिरोना ६ अंकका साथ १९ औं स्थानमा छ ।