काठमाडौँ । स्पेनिस फुुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले जिरोनालाई २–१ गोलले हराएको हो ।
घरेलु टोलि बार्साले खेलको १३ औं मिनेटमा नै पेड्रीको गोलबाट सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा एक्सेल विट्सेलले गोल गर्दै जिरोनालाई १–१ को बराबरीमा ल्याए ।
खेल सकिनै लाग्दा इन्जुरी समयमा रोनाल्ड अराओले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । जितसँगै बार्सिलोना ९ खेलबाट २२ अंक जोड्दै शिर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियल मड्रिडको २१ अंक छ भने जिरोना ६ अंकका साथ १९ औं स्थानमा छ ।










