काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने एकविदसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिग २ का लागि नेपाली टोली घोषणा गरेको हो । शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ ।
जसअनुसार भर्खरै सम्पन्न आईसीसी टी–२० विश्वकप छनोट खेलेको टोलीबाट सन्दीप जोरा, लोकेश बम र आदिल आलम बाहिरिएका छन् । भीम सार्की, अनिल साह र शाहब आलम टोलीमा आएका छन् ।
लिग २ शृंखलाका लागि नेपाली टोली युएई पुगिसकेको छ ।
नेपालले पहिलो खेलमा २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्ने तालिका छ ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुलसन झा, शाहब आलम











