२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग २ क्रिकेट शृंखलाका लागि नेपालको टोली घोषणा, को–को परे ?



अ+ अ-

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने एकविदसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिग २ का लागि नेपाली टोली घोषणा गरेको हो । शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ ।

जसअनुसार भर्खरै सम्पन्न आईसीसी टी–२० विश्वकप छनोट खेलेको टोलीबाट सन्दीप जोरा, लोकेश बम र आदिल आलम बाहिरिएका छन् । भीम सार्की, अनिल साह र शाहब आलम टोलीमा आएका छन् ।

लिग २ शृंखलाका लागि नेपाली टोली युएई पुगिसकेको छ ।

नेपालले पहिलो खेलमा २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्ने तालिका छ ।

नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुलसन झा, शाहब आलम