९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलक्षित प्रचण्डको टिप्पणीः पटक–पटक संसद विघटन गर्नेहरुले संसद पुनःस्थापनाका कुरा गर्नु हास्यास्पद



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल प्रचण्डले पटक—पटक संसद विघटन गर्नेहरुले संसद पुनस्र्थापनका कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रमा उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्माप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले तोेकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको बताउनु भयो । उहाँले वर्तामान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई आग्रह गर्नुभयो । घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प रहेको उहाँको भनाई छ । यसलाई भड्काउने कोशिस नर्गन उहाँले चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो पटक पटक संसद विघटन गर्नेहरुले अहिले संसद पुनस्र्थापनका कुरा गर्नु जस्तो हास्यास्पद कुरा अरु केही हुन सक्दैन । म ती साथीहरुलाई यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न आग्रह गर्न चाहन्छु । मैले यहाँ कुनै आवेग र आक्रोश व्यक्त गर्दै छैन । यथार्थ यही नै हो । नेकपा एमालेका साथीहरुलाई आजको यो यथार्थलाई स्वीकारेर निर्वाचन सफल पार्न आउनुहोस्, सबै मिलेर वृहत सहकार्य गरौँ । यो नै देशको, संविधानको, लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प हो । यसलाई भाड्ने दुचेष्टा कसैले नगरौँ ।’

उहाँले वर्तमान सरकार एमाले अध्यक्ष केपी ओली कै सिफारिसमा बनेको पनि दोहो¥याउनु भयो । आफ्नै सिफारिसमा बनेको सरकारलाई हाहाहुहुको सरकार नभन्न उहाँको सुझाव छ ।