९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग लिँदैनौँः मिराज ढुंगाना



अ+ अ-

काठमाडौँ । जेन—जी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनितिक दल खोल्न लागेको घोषणा गर्नुभएको हो । उहाँले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गर्नुभयो । आफूहरुको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उहाँले बताउनु भयो । प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरुको प्रमुख मुद्दा भएको उहाँको भनाई छ । उहाँले जेन—जी अभियन्ताहरुलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बटमलाईन पूरा नभई हामी चुनावमा जान तयारी छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाईन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौँ । पार्टी खोल्नुको अर्थ चुनाव लड्न होईन । संगठित भएर अगाडी बढ्नलाई छरिएर नबसौँ, हुलमुलमा नबसौँ, कसको कुरा सुन्ने त, निर्देशन कसले दिने त्यसको लागी मात्रै हो । हामीले राजनितिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापी होईन । यो प्रष्ट होस् । आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुप¥यो । कि त मैले एनजीओ खोल्नुप¥यो देश विकासका लागी कि त राजनितिक दल खोल्नुप¥यो । त्यो बाहेक त हुलमुल मात्रै हुन्छ ।’

उहाँले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताउनु भयो ।