३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज
अ+ अ-

ढोरपाटन । यहाँका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । बर्खाका कारण झण्डै चार महिनादेखि अवरुद्ध सडक अहिले आएर सञ्चालनमा आएका हुन् ।

दसैँमा खुल्नु पर्ने भए पनि लामो वर्षा हुँदा सडक थप बाढीपहिरोले अवरुद्ध भएका थिए । तिहार नजिकिएसँगै ग्रामीण सडक खुलेपछि स्थानीयलाई यात्रा गर्न र सामान ढुवानी गर्न सहज भएको छ । दसैँमा बोकेरै बजारदेखि सामान गाउँ पुर्‍याएका स्थानीयले सडक खुलेपछि गाडीमा ढुवानी गर्न थालेका छन् ।

असार दोस्रो सातादेखि बन्द भएका सडक खुलेपछि यात्रा गर्न र सामान ढुवानीमा सहज भएको निसीखोला गाउँपालिका–१ का कर्णबहादुर सुनारले बताउनुभयो । गत साउनमा पहिरोले सडक पुरिएपछि गाउँलेले पैदल हिँड्न र बोकेर सामान ल्याउन बाध्य भएका थिए । सुनारले भन्नुभयो, “यो वर्ष गाउँको बाटो ठाउँ–ठाउँमा पहिरोले पुरियो, दसैँमा खुल्नु पर्ने खुलेन, अहिले तिहार सुरु नहुँदै खुल्यो, दसैँमा त बजारबाट नुन, तेल र चामल बोकेर ल्यायौँ, तिहारमा चाहीँ गाडीलेनै ल्याउने भयो ।”

जिल्लाको सबैभन्दा विकट गाउँ नजाखानी, भत्रिवन र पात्ले जोड्ने सडक पनि सञ्चालनमा आएका छन् । तमानखोला गाउँपालिकाले केही दिन अगाडि मेसिन लगाएर सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएका हुन् । नर्जा खोलामा पानीको बाहव बढी हुँदा दसैँमा सवारीसाधन चल्न नसकेको स्थानीय बिमल छन्त्यालले बताउनुभयो । अहिले खोलामा पानीको बाहव कम भएपछि गाडी चल्न थालेको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दसैँ अगावै सबै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकेकामा अहिले सबै सडक खुलाएको बताउनुभयो । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि तमान, लम्मेला हुँदै म्याग्दी जोड्ने सडक भने खुङ्खानीखोलामा पानीको बहाव नघट्दा गाडी चल्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । तर तमान लाम्मेलासम्म ढोरपाटनको खुङ्खा हुँदै सवारी साधान चल्ने अध्यक्ष बुढा मगरले बताउनुभयो ।

निसीखोला गाउँपालिकाले पनि वडा नम्बर १ देखि ७ सम्मका अधिकांश सडक खुलाएको गाउँपालिकाले जनाएको छ । केही सडक खुलाउने क्रममै रहेको हुँदा तिहारसम्म खुलाई सक्ने गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिनुभयो । रासस