२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रंक र डेडिकेटेड लाइन महसुल विवादः २६ उद्योगीले लेखे प्रधानमन्त्रीलाई पत्र (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । ट्रंक र डेडिकेटेड लाइनको महसुल विवादमा परेका २६ उद्योगीले प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र लेख्दै नेपाल विद्युत् प्राधिकरणले उद्योग सञ्चालनका लागि विद्युत् प्रदान गरेको प्रमाण माग गरेका छन् ।

उनीहरूले प्रमाण प्राप्त भए ४ अर्ब होस् वा ४० अर्ब, सम्पूर्ण रकम तिर्न तयार रहेको उल्लेख गरेका छन् । उद्योगीहरूले टाइम अफ डे (टीओडी) मिटरको डाटा मागे पनि प्राधिकरणले तथ्यांक बिना नै बिल पठाएको भन्दै आपत्ति जनाएका छन् ।

पत्रमा भनिएको छ, “टीओडी मिटरका सर्त पूरा भएमा बक्यौता तिर्ने प्रतिबद्धता जनाएका हौं । महशुल छुट होइन, तिर्नुपर्ने प्रमाण मात्र मागेका हौं ।”

प्राधिकरणले असोज १२ गते सूचना जारी गर्दै २१ दिनभित्र बक्यौता नतिरे बिजुली काट्ने चेतावनी दिएको छ। कात्तिक ३ भित्र रकम नतिरे उद्योगहरूको लाइन काट्ने तयारी छ ।

ऊर्जा मन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेपछि बक्यौता उठाउने निर्णय गरेका थिए। उनका अनुसार डेडिकेटेड र ट्रंक लाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिब २५ अर्ब रुपैयाँ तिर्नुपर्ने दाबी छ ।

यसअघि पनि कुलमान नेतृत्वको प्राधिकरणले बक्यौता उठाउने क्रममा उद्योगीका लाइन काट्दा विवाद उत्पन्न भएको थियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) नेतृत्वका सरकारले पुनः लाइन जोड्न निर्देशन दिए पनि कुलमानले अटेर गरेका थिए ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/10/PM-Letter-by-industry.pdf” title=”PM Letter by industry”]




भर्खरै