काठमाडौँ । जेनजी समूहको नेतृत्वकर्ता मध्येका एक मिराज ढुङ्गाना समुहले नयाँ दल दर्ता गर्ने भएको छ ।
दल दर्ताका लागि मिराजको समूहले वार्ता टोली गठन गरेको छ । यसबारेमा उनिहरुले आईतवार आफनो दृष्टिकोण सार्वजनिक गर्ने जनाएका छन् ।
एक भिडियो सन्देश जारी गर्दे मिराजको समूहले विदेशमा रहेका नेपालीलाई मतको व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चित नभएसम्म फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको औचित्य नहुने जनाएको छ ।
उनले भनेका छन् ‘विदेशमा रहेका नेपालीलाई मतको व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चित हाम्रो बटमलाइन हो, यो विषयमा सम्बोधन नभएसम्म निर्वाचनमा जान सकिँदैन ।’
गत भदौ २३ र २४ गते जेनजी समूहले बेथितिविरुद्ध गरेको आन्दोलनमा ७८ जनाको मृत्यु भएको थियो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।










