६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिराज ढुङ्गाना समूह राजनीतिक दल दर्ताको प्रक्रियामा, वार्ता टोली गठन



अ+ अ-

काठमाडौँ । जेनजी समूहको नेतृत्वकर्ता मध्येका एक मिराज ढुङ्गाना समुहले नयाँ दल दर्ता गर्ने भएको छ ।

दल दर्ताका लागि मिराजको समूहले वार्ता टोली गठन गरेको छ । यसबारेमा उनिहरुले आईतवार आफनो दृष्टिकोण सार्वजनिक गर्ने जनाएका छन् ।

एक भिडियो सन्देश जारी गर्दे मिराजको समूहले विदेशमा रहेका नेपालीलाई मतको व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चित नभएसम्म फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको औचित्य नहुने जनाएको छ ।

उनले भनेका छन् ‘विदेशमा रहेका नेपालीलाई मतको व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चित हाम्रो बटमलाइन हो, यो विषयमा सम्बोधन नभएसम्म निर्वाचनमा जान सकिँदैन ।’

गत भदौ २३ र २४ गते जेनजी समूहले बेथितिविरुद्ध गरेको आन्दोलनमा ७८ जनाको मृत्यु भएको थियो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।