२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतलनिवासमा राष्ट्रपति पौडेलको समेत उपस्थितिमा जेनजी र सरकारबीच वार्ता सुरु



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी आन्दोलनका अगुवाहरु र सरकारबीच शीतलनिवासमा वार्ता सुरु भएको छ । केही दिनअघि स्थगित भएको वार्तालाई आज पुनः निरन्तरता दिइएको हो ।

वार्ताका लागि जेनजीका प्रतिनिधि समूह आज साँझ साढे ५ बजे शीतलनिवास प्रवेश गरेका हुन् । सोही क्रममा प्रधानमन्त्री र केही मन्त्रीहरु पनि शीतलनिवास पुगेका छन् ।

वार्तामा जेनजी आन्दोलनका मुख्य एजेन्डा, सरकारसँगका मागका बुँदाहरू र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

जेनजी पक्षबाट वार्तामा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजवीरराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी छन् ।

वार्ता सकिएपछि दुवै पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्ने तयारी गरिएको जनाइएको छ ।