काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ नाघेको छ ।
बुधबारको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँले बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि बुधवार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैँयाले बढ्दै ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।










