१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

‘मिडिया कब्जा पूर्वप्रतिबन्धको अभ्यास’

‘मिडिया कब्जा पूर्वप्रतिबन्धको अभ्यास’
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीले काठमाडौं प्रेसको अनलाइन साइट कब्जा लिएर समाचार हटाएको विषयलाई कानुन व्यवसायीले संविधानद्वारा सुनिश्चित प्रेस स्वतन्त्रतामाथि पूर्वप्रतिबन्धको अभ्यासका रुपमा हेरेका छन्।

‘यस्तो कार्य प्रेस स्वतन्त्रत्रामाथिको पूर्वप्रतिबन्धको एउटा अभ्यास हो,’ सत्तारुढ नेकपा निकट प्रगतिशील कानुन व्यवसायी मञ्चका अध्यक्षसमेत रहेका अधिवक्ता रुद्र नेपालले भने। सरकारले त गर्न नसक्ने पूर्वप्रतिबन्धको अभ्यास शक्तिमा रहेकै भरमा कुनै व्यक्ति विशेष वा निकायले गर्न नसक्ने उनको दाबी छ। संविधानको धारा १९ ले मिडियालाई कुनै पनि समाचार, लेख वा पाठ्यसामग्री छाप्न पूर्वप्रतिबन्ध लगाउन नपाइने, मिडियाको इजाजत खारेज गर्न वा प्रकाशन वा प्रसारण सामग्री जफत गर्न नपाइने व्यवस्था गरेको छ।

अलीमाथि काठमाडौं प्रेस अनलाइनको साइट नियन्त्रणमा लिएर समाचार हटाएको आरोप छ। काठमाडौं प्रेसले स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलमार्फत कोरोना रोकथाम तथा उपचारका लागि आवश्यक मेडिकल सामग्री चीनबाट खरिद विषयमा अलीसमेतको संलग्नता रहेको समाचार प्रकाशित गरेपछि उनले सो अनलाइन न्युज पोर्टल अनधिकृत नियन्त्रणमा लिएर समाचार हटाएको आरोप छ।

सरकारले समेत मुलुकको सार्वभौमसत्ता वा राष्ट्रिय अखण्डतामाथि संकट आएको अवस्थामाबाहेक मिडियामाथि अंकुश, नियमन लगाउन÷गर्न नसक्ने भन्दै अधिवक्ता नेपालले अन्य निकाय वा व्यक्तिलाई त्यस्तो अधिकार कुनै पनि स्थितिमा नहुने बताए।

काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारले अलीले सो समाचार हटाउन पटकपटक दबाब दिएको तर आफूले नमानेपछि न्युज पोर्टल नै नियन्त्रणमा लिएर हटाएको बताएका छन्। उनले यो विषय अन्यन्तै गम्भीर भएकाले न्यायिक प्रक्रियामा जाने बताइसकेका छन्। समाचार संस्थाले छापाखाना तथा पत्रपत्रिका सम्बन्धी ऐन, २०४८ को दफा ३३ र विद्यतीय कारोबार ऐन, २०६३ को दफा ४८, ५७ र ५८ बमोजिम आफूलाई परेको क्षतिसहितको दाबी गरी कानुनी कारबाहीका लागि प्रक्रिया चलाउन सक्ने र दोषीलाई ६ महिनासम्म कैद सजाय हुन सक्छ।
काठमाडौंं प्रेसले ‘महँगोमा चीनबाट स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ भन्ने समाचार प्रकाशित गरेको थियो।

समाचारमा मेडिकल सामग्री खरिदमा प्रधानमन्त्रीका आइटी विज्ञ अली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका छोरा स्वराजलगायतको संलग्नता रहेको दाबी गरिएको छ।

‘मिडियामाथिको यस्तो खालको कुनै पनि हस्तक्षेपलाई कानुनसम्मत र न्यायसम्मत मान्न सकिँदैन,’ नेपाल बार एसोसिएसनका पूर्वसदस्य एवं अधिवक्ता ज्ञानेन्द्र अधिकारीले भने। ‘मिडियामाथि कुनै पनि व्यक्तिले यसरी गैरकानुनी काम गर्न खोज्छ भने कारबाही गर्न सरकार तयार हुनुपर्छ।’

मेडिकल सामग्री खरिदसम्बन्धी समाचार अलीको टिमले हटाउन दबाब दिँदा आफूले नमानेपछि उनले एडमिन नियन्त्रणमा लिएर हटाएको काठमाडौं पे्रसको आरोप छ।

सम्पादकीय टोलीको अनुमतिबिनै सिरान टेक्नोलोजीजका प्राविधिकले नयाँ एडमिन निर्माण गरेर अलीलगायतको विषयमा लेखेको सामाचार हटाएको काठमाडौं प्रेसको दाबी छ। करिब डेढ घण्टा समाचार साइट नखुलेपछि अन्य प्राविधिकको सहायतामा समाचार रिकभर गरिएको काठमाडौं प्रेसले सार्वजनिक गरिसकेको छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।