२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश



अ+ अ-

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि अदालतले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत आइतबार महरालाई पक्राउ गरेको थियो। उनीमाथि ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ ।

महरामाथि विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ । सो प्रकरणमा सीआईबीले भन्सारका नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो, जसमा महरा र उनका छोरा राहुल महरा लगायतलाई संलग्न आरोप लगाइएको छ ।