२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिङ्गो पार्टी एकताबद्ध नभई अहिलेको चुनौती सामना गर्न सकिँदैनः ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिको सामना एकजुट भएर गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार नेकपा एमाले केन्द्रीय कमिटी बैकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिङ्गो पार्टी एकताबद्ध नभई अहिलेको चुनौती सामना गर्न नसकिने बताउनुभयो । ‘यस परिस्थितिको सफलतम सामना गर्ने भनेको हाम्रो आन्तरिक एकता नै हो त्यस कारण बट इफको कुरा छैन सिङ्गो पार्टी एकजुट भएर अगाडि बढ्नु पर्छ, म केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु, एकताबद्ध पार्टी भएर अगाडि बढौँ’, उहाँले भन्नुभयो ।

ओलीले अहिले एमाले माथि सबैभन्दा बढी प्रहार भएको बताउनुभयो । यो एमालेले नराम्रो काम गरेको कारण नभई राम्रो काम गरेको कारण आक्रमण भएको उहाँले दाबी गर्नुभयो । एमालेले राष्ट्रिय मुद्दा र त्यसमा अडान राखेको मन नपरेको शक्तिहरू एमाले विरुद्ध लागेका ओलीले बताउनुभयो ।

ओलीले आज देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना भएको बताउनुभयो । देश बरबादी तर्फ धकेलिएको बताउँदै ओलीले यस अवस्थाबाट देशलाई सही बाटोमा फर्काउन एमालेले नै काम गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेले जस्ताेसुकै असहज परिस्थितिमा पनि कम्युनिष्ट आन्दोलनको अगुवाइ गरेको उहाँले दाबी गर्नुभयो । नेपालको  विकास, सुशासन, स्थिरता, देश भक्ति, राष्ट्रिय एकता र स्वाभिमानको आन्दोलनको नेतृत्व नेकपा एमालेले नै गरेको उहाँको दाबी छ ।