४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

होम एण्ड अवे आवधारणा सर्यो, लिग समयमै गर्छौंः एन्फा

होम एण्ड अवे आवधारणा सर्यो, लिग समयमै गर्छौंः एन्फा
अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपल्टदेखि शिर्ष डिभिजन लिग होम एण्ड अवेको अवधारणामा गर्ने योजनाबाट केही समय पछाडि सरेको बताएको छ ।

शिर्ष डिभिजनका लिगका क्लबकै मागअनुरूप एन्फा तत्कालका लागि होम एण्ड अवेको आवधारणबाट पछि हटेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग छिटै गर्ने भए पनि होम एण्ड अवेको अवधारणा केही समयका लागि पछि सार्ने जनाएको छ । लिगका १४ मध्ये ९ वटा क्लबले गत शनिवार पत्रकार सम्मेलनमार्फत लामो योजना र तयारीबिना होम एण्ड अवेको आधारमा खेल्ने नसकिने उल्लेख गर्दै केही लिगको संरचना सम्बन्धित सुझाव पेश गरेको थियो । उनीहरूको मागअनुरूप नै एन्फा आफ्नो योजनाबाट पछि हटेको छ । एन्फाले आगामी पुस ९ गतेदेखि शिर्ष डिभिजन लिग गर्ने गरी तयारी गरेको छ । क्लवकै सुझावअनुरूप एन्फाले आईतवार क्लवसँगको बैठक पनि स्थगित गरेको थियो ।

एन्फाका महासचिव किरण राईले होम एण्ड अवेको अवधारणामा लिग खेल्न क्लवहरूले कम्तीमा १० महिना माग गरेको उल्लेख गरे । क्लबलाई अफ्ठ्यारो नपर्ने गरी लिग गर्ने आफूहरूको चाहने रहेकाले सुझावहरूलाई मनन गरिएको एन्फाका महासचिव राईको भनाइ छ । त्यसैले पनि एन्फा लिगलाई विकेन्द्रीकरण गर्ने योजनाबाट पछि हटेको हो । तर, राईले पूर्वनिर्धारित मितिभन्दा केही दिन यताउता ‘ए’ डिभिजन लिग हुन सक्ने बताएका छन् । एन्फाका महासचिव राईले लिगलाई नयाँ उचाइ र संरचना लैजानुको विकल्प नरहेको प्रष्ट पारेका छन् । त्यसका लागि क्लवसँगको सहकार्य अपरिहार्य रहेको उनी बताउँछन् । क्लबको पनि राम्रो सुझाव आएकाले त्यसमा एन्फा तयार भएको उनको भनाइ छ । तर उनले ढिलो चाडो होम एण्ड अवे फरम्याटमा जानुपर्ने बताउँछन् ।

त्यसका लागि क्लव पनि तयार हुनुपर्ने उनको भनाइ छ । क्लवसँगै अगाडि बढ्नसके मात्र नयाँ संरचनाअनुरूप काम गर्न सकिने एन्फाका महासचिव राईको बुझाइ छ । उनले एन्फाको क्यालेन्डरअनुरूप ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिग दुवै गर्ने बताएका छन् । होम एन्ड अवे केही समयका लागि पछि सारे पनि लिग छिटै गर्ने बताएका छन् । उनले कुनै पनि हालत शीर्ष डिभिजनको लिग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । क्लब पनि होम एन्ड अवे फरम्याट अहिले राजी नभए पनि लिग खेल्न तयार नै रहेको उनी बताउँछन् । साधारण सभाले पास गरेको कार्यक्रम कहिलेकाहिँ पछाडि सार्न सकिने एन्फाको भनाइ छ ।

छठपछि बस्ने बैठकमा क्लबहरू पनि लिग खेल्न तयार हुनेमा एन्फा आशावादी छ । सोमबार  मात्र वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङको राजीनामा माग नै गरेका थिए । महासचिव राईले अध्यक्षको राजीनामाबारे आफूसँग सम्बन्धित नरहेको उल्लेख गरे । तर, वरिष्ठ उपाध्यक्षजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले पदीय मर्यादा राख्नुपर्ने उनको भनाइ छ । आफूमाथि लागेको भ्रष्टाचारको आरोप पुष्टी गरेर कारबाही गर्न पनि महासचिव राईले आग्रह गरेका छन् । उनले केही वर्ष लिग गर्न नसक्दा आफूलाई पनि चिन्ता लागेको उल्लेख गरे । एन्फाभित्र राजनीति किचलोले गर्दा र अन्य विभिन्न कारणले लिग प्रभावित भएको एन्फा महासचिव राईको स्वीकारोक्ति छ ।

तर,क्लबका पदाधिकारी नै एन्फाका जिम्मेवार पदमा रहँदा लिग प्रभावित भैरहेको विषयमा कुनै पनि सत्यता नरहेको उनी बताउँछन् । उल्टै सबैलाई थप जिम्मेवार बनाएको उनको विश्वास छ । साथै एन्फाको आगामी निर्वाचनका कारण राजनीति गर्न क्लबहरू लिग खेल्न नचाहेको भन्ने बारे आफूहरूलाई विश्वास नलागेको महासचिव राईले बताएका छन् । एन्फा सिइओ ईन्द्रमान तुलाधरले तिहार अगाडि नै लिग गर्ने विषयमा टुङ्गो लगाउने बताए । संकटाका क्लबका अध्यक्षसमेत रहेका तुलाधरले क्लव शिर्ष डिभिजन लिग खेल्न तयार नै रहेको र तिहारअगाडि छलफल पनि अन्तिम चरणमा पुग्ने बताएका छन् ।