२४ कार्तिक २०८२, सोमबार
,
Latest
चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीको शारीरिक तन्दुरुती परीक्षण



अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ ।

मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराते, बक्सिङ र भलिबलबाहेक क्रिकेट र फुटबल गरी आठ खेलका ५८ खेलाडीको परीक्षण गरी प्रतिवेदनसमेत बुझाइएको छ ।

केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई आज प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रतिवेदन हस्तान्तरण गर्नुअघि प्रमुख अधिकारीले सदस्य–सचिव घिसिङ, राष्ट्रिय टोली तयारीका प्रतिनिधि, सम्बन्धित खेलका प्रशिक्षकलगायतको उपस्थितिमा प्रतिवेदनका विविध पक्षलगायत विषयमा जानकारी गराउनुभएको थियो । उहाँले बाँकी खेलाडीको पनि परीक्षण गरिने बताउनुभयो ।

सदस्य–सचिव घिसिङले विगतको परम्परागत शैलीको प्रशिक्षण विधिको अन्त्य गर्ने उद्देश्यले परिषद्ले अनुसन्धान केन्द्र र ‘हाइ पर्फमेन्स सेन्टर’को स्थापना गरेको बताउनुभयो । हाल खेलाडीको क्षमता पहिचान गर्ने उपयुक्त साधन परिषद्सँग भएकाले यसको भरपुर उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सदस्य–सचिव घिसिङले २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने मिसन–२०२६ को लक्ष्य पूरा गर्ने बेला आएको बताउँदै सबै गम्भीर भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।