३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीको शारीरिक तन्दुरुती परीक्षण



अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ ।

मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराते, बक्सिङ र भलिबलबाहेक क्रिकेट र फुटबल गरी आठ खेलका ५८ खेलाडीको परीक्षण गरी प्रतिवेदनसमेत बुझाइएको छ ।

केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई आज प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रतिवेदन हस्तान्तरण गर्नुअघि प्रमुख अधिकारीले सदस्य–सचिव घिसिङ, राष्ट्रिय टोली तयारीका प्रतिनिधि, सम्बन्धित खेलका प्रशिक्षकलगायतको उपस्थितिमा प्रतिवेदनका विविध पक्षलगायत विषयमा जानकारी गराउनुभएको थियो । उहाँले बाँकी खेलाडीको पनि परीक्षण गरिने बताउनुभयो ।

सदस्य–सचिव घिसिङले विगतको परम्परागत शैलीको प्रशिक्षण विधिको अन्त्य गर्ने उद्देश्यले परिषद्ले अनुसन्धान केन्द्र र ‘हाइ पर्फमेन्स सेन्टर’को स्थापना गरेको बताउनुभयो । हाल खेलाडीको क्षमता पहिचान गर्ने उपयुक्त साधन परिषद्सँग भएकाले यसको भरपुर उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सदस्य–सचिव घिसिङले २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने मिसन–२०२६ को लक्ष्य पूरा गर्ने बेला आएको बताउँदै सबै गम्भीर भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।