२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा चार नेपालीको मृत्यु



अ+ अ-

काठमाडौँ । अमेरिकामा दुईजना नेपालीको मृत्यु भएको छ । उनीहरुको केही समयदेखि विरामी रहेका र आफ्नो निवासमा नै आराम गरिरहेका बेला निधन भएको बताइएको छ । अमेरिकामा चार नेपालीको मृत्यू भएको समाचार त्यहाँका स्थानीय मिडियाले दिएका छन्। मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्ट, अजय छोंचन, निमा टेम्बा शेर्पाले ज्यान गुमाएका छन् ।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए। ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए। उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ। उनको शव प्रहरीले लगेर गएको छ। उनका आफन्तहरु अमेरिकामा छैनन्। त्यस्तै झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको पनि ज्याक्सनहाइटमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो। थप विवरण आउन बाँकी रहेको छ। अमेरिकाका लागि राजदूत डा अर्जून कार्कीले घटनाको पुष्टि गरेका छन् । त्यहाँ रहेका नेपालीहरुले उनीहरुको मृत्यु कोरोनाका कारण भएको बताएका छन् । तर पुष्टि भने हुन नसकेको दूताबासले जनाएको छ ।