२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ



अ+ अ-

उर्मिला यादव, सुनवल । पश्चिम् नवलपरासीमा आज लागू औषध सहित एक जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा सुस्ता गाउपालिका २ गुदरिया बस्ने ३७ बर्षिय रंगलाल गुप्ता रहेका छ्न।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज सुस्ता गाउपालिका ३ रेवारेता स्थित भित्री सडक खण्डमा प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरी गस्ती टोलिले ए पि ५७ आर ८२७१ नम्बरको मोटरसाइकल लाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुप्ताको साथबाट स्पास्मो ५ सय ७६ क्याप्सुल , नाइट्रोभेट १ सय ४६ पिस, फेनरागन ९ एम्प्युल,आइ पि पि एल ९ एम्प्युल र ओनरेक्स १ सय एमएलको ८सिसि लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।