२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने



अ+ अ-

काठमाडौं । सरकारले कोरोनाविरुद्धको अभियानमा देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया सार्वजिनक खरिद ऐनको व्यवस्थामै टेकेर जी टू जी, निजी र प्रतिस्पर्धाबाट तथा सोझै खरिद गर्ने बाटो खुल्लै राख्ने विषयलाई थप प्रष्ट्याईको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै कर्मचारीको बीमा तथा सुविधालाई थप स्पष्ट पार्ने निर्ण गरेको छ । बैठकले क्वारिन्टाईन तथा राहात वितरणको वर्तमान व्यवस्था पनि परिमार्जन गर्ने निर्णय गरेको छ ।