काठमाडौँ । पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध सुन तस्करीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई सुन तस्करी प्रकरणमा संलग्न रहेको ठहर गर्दै पूरक अभियोगपत्र पेस गरेको हो ।
सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लाका अनुसार महराविरुद्ध कैद सजायसँगै बिगो असुली र जरिवाना दाबी गरिएको छ ।
अदालतका अनुसार मुद्दा दर्ता प्रक्रिया अहिले सञ्चालनमा रहेको छ ।
चिनियाँ संगठित गिरोहसँग मिलेर अवैध रूपमा सुन तस्करी गरेको आरोपमा महरा आइतबार पक्राउ परेका थिए । यसअघि सोही प्रकरणमा उनलाई उन्मुक्ति दिइएको थियो, तर नयाँ प्रमाणका आधारमा पुनः पूरक मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।










