९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुख महराविरुद्ध सुन तस्करी मुद्दा दर्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध सुन तस्करीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई सुन तस्करी प्रकरणमा संलग्न रहेको ठहर गर्दै पूरक अभियोगपत्र पेस गरेको हो ।

सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लाका अनुसार महराविरुद्ध कैद सजायसँगै बिगो असुली र जरिवाना दाबी गरिएको छ ।

अदालतका अनुसार मुद्दा दर्ता प्रक्रिया अहिले सञ्चालनमा रहेको छ ।

चिनियाँ संगठित गिरोहसँग मिलेर अवैध रूपमा सुन तस्करी गरेको आरोपमा महरा आइतबार पक्राउ परेका थिए । यसअघि सोही प्रकरणमा उनलाई उन्मुक्ति दिइएको थियो, तर नयाँ प्रमाणका आधारमा पुनः पूरक मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।