२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासद्वारा इजरायली बन्धकहरूको हस्तान्तरण सुरु – फोटोफिचर



अ+ अ-

काठमाडौँ । हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धकहरू मध्ये पहिलो सातजनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको छ ।

यस घटनाले तेल अभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारहरूलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए ।

दुई वर्ष लामो विनाशकारी युद्धपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदीहरूको सट्टामा सबै बाँचेका बन्धकहरूलाई क्रमिक रूपमा रिहा गर्ने वाचा गरेको छ ।

ट्रम्पले युद्ध ‘समाप्त भएको’ घोषणा गर्दै यही सम्झौताको कार्यान्वयनको निरीक्षणका लागि क्षेत्रीय भ्रमण सुरु गरेका छन् ।

तेल अभिवमा बन्धकहरू मुक्त भएको खबर सुनेपछि भावनात्मक दृश्य देखिएको थियो ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मानिस मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले २५१ जना इजरायलीहरूलाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश बन्धक पछि क्रमशः मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघि सम्म बन्धककै रूपमा रहेका थिए ।

उनीहरूको परिवारहरूले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् ।

गाजामा पनि युद्धविरामले केही राहत दिएको छ, तर युद्धले सहरका ठूला भागहरू ध्वस्त बनाइदिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयका प्रवक्ताले सोमबार बिहानसम्म सबै २० जना जीवित बन्धक रेडक्रसमार्फत रिहा हुने अपेक्षा गरिएको बताए । इजरायलले तिनीहरूको सुरक्षित हस्तान्तरण पुष्टि भएपछि करिब दुई हजार प्यालेस्टिनी कैदीको रिहाइ सुरु गर्नेछ ।

तस्बिरः एपी/एएफपी