२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगरपालिकाद्धारा राहत कोष स्थापना, थप सहयोगका लागि आह्वान



अ+ अ-

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष २०७६ स्थापना गरेको छ । नगरपालिकाले आइतबार रु ५० लाख राखेर कोष स्थापना गरेको जनाएको छ । कोषमा सहयोगी मनलाई रकम जम्मा गर्न नगरपालिकाले आग्रहसमेत गरेको छ ।

नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार गत शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले आकस्मिक राहत कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ पारित गरिसकेको छ । कोषमा जम्मा हुने रकमको खर्च गर्ने कार्यविधिसमेत तयार गरिएको छ ।

इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संघसंस्था, गैरआवासीय नेपाली, स्वेदशी तथा विदेशी दाता निकाय, उद्योग, व्यवसायीलगायत सहयोगी मनलाई नगरपालिकाका नाममा राष्ट्रिय वाणिज्य बैंक, कीर्तिपुर शाखाको खाता नं १७००३०४०३८३०३ मा नगद तथा वस्तुगत वा खाद्य सामग्री सहयोग गर्न चाहने व्यक्ति वा संस्थालाई नगरपालिकाको विपद् व्यवस्थापन शाखामा सम्पर्क गरी सहयोग गरिदिन नगपालिकाले अनुरोध गरेको छ ।

यसैबीच नगरपालिकाले दश वटै वडामा पाँच सय क्षमताको क्यारेन्टाइन तथा त्रिविको विज्ञान कक्षमा ५० जना क्षमताको आइसोलेशन वार्ड निर्माण गरिसकेको छ । हाल उक्त कक्ष खाली नै छ । रासस