२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी नागरिक हुनुको पीडा ! यस्तो बेलामा अमेरिका उडे सरोज खनाल



अ+ अ-

काठमाडौँ । पछिल्ला केही दिनमा कोरोनाको इपिसेन्टर नै अमेरिका होलाजस्तो देखिएको छ । त्यहाँ ३ लाख भन्दा बढी नागरिक संक्रमित भएका छन् भन् ज्यान जानेको संख्या पनि ९ हजार नाघेको छ । यस्तो बेलामा उता रहेका नेपालीले पाए त नेपालै आउन खुबै खोजेका छन् । तर पनि नेपालमा सुरक्षित रहेका नायक सरोज खनाल भने अमेरिका उडेका छन् । नेपालमा रहेका अमेरिकी नागरिकलाई पनि अमेरिकाले स्वदेश फर्काएको छ । त्यही समूहमा अभिनेता सरोज खनाल पनि आइतबार अमेरिका उडेका हुन् ।

अभिनेता खनाले नेपालको चलचित्र क्षेत्रका एकजना नाम कमाएका र नेपाली दर्शकले रुचाएका व्यक्ति हुन् । उनी आफ्ना परिवारसहित अमेरिकामा बस्दै आएका छन् । सरोज आफैँमा अमेरिकी नागरिकताधारी व्यक्ति हुन् । त्यसैले उनी आफ्नो परिवार भेट्नको लागि अमेरिकाले चार्टर गरेको विमान चडेर उनी अमेरिका उडेका छन् । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । सरोज केही वर्षदेखि नै अमेरिका बस्दै आएका हुन् । त्यसो त उनी तीन वर्षअघि अमेरिकी नागरिकता त्यागेर आफ्नो मातृभूमि फर्किएको बताएका थिए । यति बेला उनी नेपालमै बसिरहेका थिए । तर पनि अहिले आफ्नो परिवारका कारण यस्तो बेलामा फेरि अमेरिका फर्किएका छन् । उनी हिजो विमानस्थलबाट अमेरिकातर्फ जाँदै गरेको तस्बिर देखेपछि सामाजिक सञ्जालमा यस्तै यस्तै प्रश्नहरु उब्जिएको देखियो । यस्तै प्रश्नहरुकैबीचमा सामाजिक सञ्जालमा मानिसहरुबीच बहस देखिन्थ्यो सरोजले नेपाली माटोलाइ चिनेनन् कि माटोले उनलाई चिनेन ?