२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाप्रसाद अधिकारी गभर्नर नियुक्त



अ+ अ-

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी बैंकका पूर्व डेपुटी गभर्नर समेत हुन् । उनी पाँच वर्षअघि चिरञ्जीवी नेपाललाई गभर्नर नियुक्तीको लागि गरिएको तीनजनाको नाम सिफारिशमा समेत परेका थिए ।

अर्थमन्त्री युवराज खतिवडा संयोजक रहेको सिफारिश समितिले हिजो अधिकारी, वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्व अर्थसचिव राजन खनालको नाम टेलिफोन मार्फत् गरिएको बैठकले छनौट गरेको हो । समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरी बाँस्कोटा थिए ।