२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप छनोटः नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया एण्ड इएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालले युएईलाई १४१ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन जोडेको हो ।

नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ५१ रन जोडे । यस्तै, कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुलशन झाले १४ रन, कुशल मल्लले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ युएईका जुनैद सिद्धिकी, मुहम्मद रोहिद, जाहिद अलि, हैदर अलि, हर्षित कौशिक र ध्रुव पराशरले एक–एक विकेट लिए ।