१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ नयाँ गभर्नरको नोटमा गर्ने सही



अ+ अ-

काठमाडौँ । गभर्नर पदको विभिन्न देशमा विभिन्न कार्यभार, कार्यप्रकृति हुन्छ । नेपालमा भने गभर्नर नेपाल सरकारको आर्थिक सल्लाहकारका रुपमा रहने केन्द्रीय बैँकको प्रमुख हुन्छ र देशको अर्थनीति, मौद्रिक नीति आदिमा सरकारलाई यस बैँकको सरसल्लाह र सहयोग रहन्छ । त्यो भन्दा पनि यस क्षेत्रका व्यक्तिका लागि गभर्नर पद एक आकर्षक पद हो, जसका लागि बैंकिङ तथा आर्थिक ‘करियर’ मा लागेका धेरै मानिसहरु लालायित हुन्छन् । नहुन् पनि किन जसको हस्ताक्षर गरिएको नोट नै देशमा प्रचलनमा आउँछ ।

यो पद कुनै पनि व्यक्तिका लागि कति आकर्षक तथा चाहनाको पद हुन्छ भन्ने कुरा अघिल्ला गर्भनर डा.चिरञ्जीवी नेपालले आफ्नो कार्यकाल सकिएकै दिन जाँदाजाँदै दिएको एक अन्तर्वार्तामा भनेका थिए– म यो देशको गर्भनर बन्छु र नोटमा हस्ताक्षर गर्छु भनेर सपनामा पनि सोचेको थिइन । अझ बडो गर्वका साथ उनले भनेका थिए– मलाई जोजसले विरोध गरे, असफल बनाउन खोजे तिनीहरुले पनि मैले नै हस्ताक्षर गरेको नोट त चलाउँछन् नि ।

पैसा अर्थात् नोट मानिसको सबैभन्दा प्रिय वस्तु हो । नेपालमा मात्र नभएर विश्वकै मानिसको । यति महत्वपूर्ण वस्तुमा आफ्नो हस्ताक्षर चल्ने भएपछि त्यस्तो व्यक्तिले पनि आफ्नो जीवनको एक ठूलो सफलता प्राप्त गरेको दिनका रुपमा यो नियुक्तिलाई लिन्छन् नै । त्यसैले आज हामीले पनि गभर्नरले नोटमा गर्ने हस्ताक्षरलाई एक जनचासोका रुपमा यहाँ प्रस्तुत गरेका हौँ । यो हो आज नियुक्त गभर्नर महाप्रसाद अधिकारीले नेपाली नोटमा गर्ने हस्ताक्षरको नमूना ।