२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ



अ+ अ-

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । आइतबार सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान एफजेट०५८७ बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेशमा ७३० थान भेपमा लुकाइएका ८ करोड ५५ लाख रुपैयाँ बराबरका सुन बरामद भएका थिए । उक्त सुन भन्सारका नासु रेवन्त खड्कालगायतको मिलेमतोमा बेचिएको अनुसन्धानले देखाएको छ ।

सुन छुटाउन दबाब दिएको आरोप महरामाथि लागेको थियो । यसअघि उनका छोरा राहुल महरा सोही प्रकरणमा पक्राउ परेर कारागार चलान भइसकेका छन् ।

त्रिभुवन विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ नागरिकहरूसँग महरा र उनका छोराबीच निरन्तर सम्पर्क रहेको कल रेकर्ड पनि सार्वजनिक भएको छ । सीआईबीले हाल महरालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।




भर्खरै