२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।”