२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगडाउनको फाइदा उठाउन जब आमाको मृत्यु भएको भन्दै पास लिएपछि…



अ+ अ-

काठमाडौँ । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन् । यस्तै एउटा घटना ललितपुरमा भएको छ । आमा मृत्यु भएको बहाना बनाएर लकडाउनको पास लिई गाडीमा यात्रु ओसारेको फेला परेको छ ।

लकडाउनको समयमा झुठो विवरण पेश गरी सवारी पास बनाएर प्रयोग गरेको पाइएपछि ललितपुरबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा घर भई ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारायण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र सोही नगरपालिका–५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकाले काजक्रिया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो विवरण पेश गरी सवारी पास लिएको खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले चैत २४ र २५ गतेका लागि ३–०८–००५ ख ९१९८ नम्बरको बसको पास लिएर ३० जना यात्रु बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न यही चैत ११ गतेदेखि अत्याश्यक काम बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश आजदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ । यो अवधिमा मानिसको आवतजातलाई रोक्दै अत्यावश्यक कामका लागि मात्र जिल्ला प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयबाट पासको व्यवस्था मिलाइएको थियो । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विभिन्न बहाना तथा नक्कली विवरण बनाएर पास लिने तथा नक्कली पास नै बनाएर हिँड्ने गरेको पाइएको र त्यसलाई आजदेखि थप कडाइका साथ अनुगमन थालेको जानकारी दिनुभयो ।

उपत्यकामा नौ हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिँदै उहाँले लकडाउन उल्लङ्घन गर्ने दुईदेखि तीन हजारलाई दैनिक कारवाही गरिरहेको समेत बताउनुभयो । प्रहरीले उपत्यकामा आजमात्रै लकडाउन उल्लङ्घन गर्ने एक हजार ६०० लाई कारवाही गरिसकेको छ । आजसम्म २५ हजार बढीलाई कारवाही गरिएको पोखरेलले बताउनुभयो ।