१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप दस परिवारलाई एनटीएको राहत



अ+ अ-

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड¬ १९) का कारण प्रत्यक्ष मारमा परेका दैनिक मजदुरी गरी गुजारा गर्दै आएका १० परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले राहत स्वरुप खाद्य सामाग्री मंगलबार प्रदान गरेको छ ।

कागेश्वरी नगरपालिका वडा ४ स्थित डाँछीका मजदुरका परिवारलाई राहत प्रदान गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । प्रदान गरिएको राहतमा चामल, तेल, नुन, दाल र चिनी रहेका छन् । एक परिवारलाई २ हजार १ सय रुपैयाँ बराबरीको राहत सामाग्री दिइएको हो ।

सोमबार एनटीएले कागेश्वरी मनोहरा नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासंगै रहेको सुकुमवासी बस्तीका १० घरका परिवारलाई सोही अनुसारको राहत वितरण गरेको थियो ।

राहत सामाग्रीका लागि दिल गुरुङ (हङकङ), मन राई (युके), तेक्वान्दोकर्मीहरु ईश्वरमान वज्राचार्य, तिलक लामा, नन्द विष्ट र श्रीकृष्ण खड्का तथा सार्प ट्राभलले आर्थिक सहयोग गरेका हुन् । उनीहरुबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले जनाएका छन् । २०७२ सालको महाभुकम्पमा पनि एनटीएले भुकम्प पीडितहरुलाई राहत वितरण गरी सहयोग गरेको थियो ।