१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ हजार ७ सय ९६ जनाको परिक्षण, रेड जोनमा १ सय ७२ जना



अ+ अ-

काठमाडौं । गत शनिबार एकैदिन तीन जना कोभिड १९ को संक्रमित भेटीएपछि आज मंगलबारसम्म कुनैपनि संक्रमित भेटिएको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताउनुभएको हो । शनिबार यता २ सय ५५ जनाको परीक्षण गरिएको छ । शनिबार सम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो । यस्तै मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको परिक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । जसमध्ये ९ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ भने एक जना उपचार पछि घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य अवस्था समान्य रहेको समेत बताउनुभयो । यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको समेत उहाँले बताउनुभयो । संक्रमणको जोखिम उच्च भएका जिल्लाहरु कैलाली, कञ्चनपुर, र्यापीड डायगोनिस्टिक टेस्ट मार्फत परीक्षण शुरु गरिएको समेत उहाँले बताउनुभयो । जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइराखेको उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यका भित्र १६ जना र काठमाडौं बाहिर ८४ जना आइसोलेसनमा रहेको र क्वारेन्टाइनमा ९ हजार २ सय २८ जना रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । यस्तै रेड जोनमा मंगलबार १७ जना थपिएर १ सय ७२ जना पुगेको उहाँले बताउनुभयो । यसबाहेक काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ३५ जना व्यक्तिहरुको नमुना संकलन समेत भएको उहाँले बताउनुभयो ।

विरेन्द्र सैनिक अस्पतालको संयुक्त मेडिकल टोलिले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अस्पतालहरुका २६ जना स्वास्थ्य कर्मीहरुलाई कोभिड १९ सम्बन्धी तालिम दिने कार्य मंगलबार नै सम्मन्न भएको उहाँले बताउनुभयो ।

निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुलाई सरकारले आवश्यकता अनुसार परिचालन गरेर आ–आफ्नो तह अनुसार सुविधा दिने निर्णय गरे अनुसार काम अगाडि बढाइएको समेत उहाँले बताउनुभयो ।