२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षा बमद्वारा राजनीतिक दलहरुलाई अपिलः अब चुनावमै लागौं



अ+ अ-

काठमाडौँ । जेनजी प्रतिनिधि रक्षा बमले राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागिता जनाउन बलियो अपिल गरेकी छन् ।

इतिहासले अहिलेका राजनीतिक दलहरूलाई गम्भीर मोडमा उभ्याएको भन्दै उनले समस्याको समाधानका लागि निर्वाचनलाई मात्रै वास्तविक विकल्प भनेकी छन् ।

बमले अपिलमा भनिन्, “अब आवश्यक कुरा विद्रोहको आवेग होइन, न त विद्रोहलाई गिज्याउने शैली नै हो। आजको आवश्यकता यस विद्रोहको सत्यलाई संस्थागत रूप दिने विवेकको हो।”

उनले राजनीतिक दलहरूलाई दुई विकल्प अघि राखेकी छन् । उनले भनेकी छन् — “या त जनताको विश्वास पुनः आर्जन गर्ने साहस देखाउनुहोस्, या फेरि इतिहासको परित्यक्त पानामा हराउन तयार रहनुहोस् ।”

उनले थपिन् कि नेपाल नयाँ युगको प्रवेशद्वारमा उभिएको छ र यो समय पाखा पल्टिने नभएर मार्ग तय गर्ने समय हो ।

रक्षा बमले भनिन्, “यही प्रक्रिया हाम्रो लोकतान्त्रिक निरन्तरताको आधार हो। यही बाटो विद्रोहको औचित्यलाई संस्थागत बनाउने माध्यम हो। अव चुनावमा जानु राष्ट्रको साझा राजनीतिक जिम्मेवारी हो र इतिहाससँगको हाम्रो प्रतिवद्धताको निर्णायक परीक्षा हो ।”

जेनजी समूहले परिवर्तनको म्यान्डेट जनताको हातमा सुम्पिने ऐतिहासिक घडीमा सम्पूर्ण राजनीतिक दल, राजनीतिक शक्ति, नागरिक समाज, जेनजी, युवा पुस्ता तथा सम्पूर्ण नेपाली नागरिकहरूमा निर्वाचनमा सक्रिय रूपमा लाग्न अपिल गरेको छ ।