२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्यः त्रिवि अस्पताल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य समस्यापछि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाको परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारका लागि भर्ना हुनुभएको हो। हाल उहाँको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।”

राष्ट्रपति पौडेलको स्वास्थ्यबारे थप जानकारी क्रमशः सार्वजनिक गरिने सेन्टरले जनाएको छ ।