काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले जेन जीको आन्दोलन २०८४ को निर्वाचन ०८२ मा गर्नको लागि नभएको बताउनुभएको छ ।
शुक्रवार साँझ शितल निवासमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
आन्दोलन प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, गैरदलीय स्थानीय तहका लागि, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द गर्न, भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानून निर्माण गर्न र अहिलेको वास्तविक जेन जीको माग पूरा गर्नका लागि भएको बताउनु भयो । १८ वर्षको जेन जीले मतदान गर्न पाउने तर २५ वर्ष नपुगी उम्मेदवार बन्न नपाउने कानून खारेज गर्न माग गर्नुभयो । अनलाइन मतदान प्रणालीबाट अघि बढ्नुपर्ने र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
राप्रपाले राजासहितको प्रजातन्त्रको कुरा अघि बढाएको उल्लेख गर्नुभयो । संविधान संशोधन नभइ निर्वाचन हुन नसक्ने उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल









