१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान



अ+ अ-

काठमाडौँ: नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका जना अधिकृत प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले आज दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । दर्ज्यानी चिह्न प्राप्त गर्नुहुनेमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहनुभएको छ । नेपाल मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट उहाँहरूलाई बढुवा र पदस्थापनको निर्णय भएको थियो ।

प्रहरी महानिरीक्षक खापुङ्गले विगतमा भएका कमी कमजोरीको विश्लेषण गरी अझ परिष्कृत र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।