२४ कार्तिक २०८२, सोमबार
,
Latest
हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई विपद् प्रतिकार्यमा थप सहयोग गर्न तयार छौँः संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको छ ।

शुक्रवार अपरान्ह सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटवार्तामा पछिल्लो मनसुनी विपद्पश्चातको राहत तथा सुरुवाती पुनस्र्थापनाबारे छलफल भएको छ ।

भेटवार्तामा कार्यकारी प्रमुख भट्टले पछिल्लो मनसुनी विपद्बाट खासगरी इलाममा भएको जनधनको क्षतिबारे जानकारी गराउँदै हाल भइरहेको राहत तथा पुनस्र्थापनाका भइरहेको पहलहरुबारे जानकारी गराउनु भयो । त्यसक्रममा, कार्यकारी प्रमुख भट्टले भारीदेखि अति भारी वर्षाको प्रक्षेपण प्राप्त भएपश्चात जनधनको क्षति कम गर्न भएका पूर्वसूचना, पूर्वकार्य र प्रतिकार्य पहलहरुबारे पनि उल्लेख गर्नुभयो । उहाँले बाढीले परेको प्रभावबारे जानकारी लिनुभएको र आफूले गर्नसक्ने सहयोग गर्न तयार रहेको बताउनुभएको जानकारी दिनुभयो ।

राष्ट्रसंघीय आवासीय संयोजक हाम्डीले सबैभन्दा धेरै प्रभावित भएको इलाममा खाद्य एवं गैरखाद्य राहत, खानेपानी तथा सरसफाइ सम्बन्धी सहयोग र पुनस्र्थापनाका लागि संयुक्त राष्ट्रसंघीय निकायहरुले तत्काल उपलब्ध गराउनसक्ने सहयोगबारे जानकारी गराएको बतानु भयो ।

आवासीय संयोजक हाम्डीले नेपाल सरकार र प्राधिकरणले विपद् प्रतिकार्यमा गरेका पहलहरुको प्रशंसा पनि गर्नुभएको थियो ।