८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

इन्टरनेशनल जर्नलिस्ट युनियनको उपाध्यक्षमा रोसन पुरी, सदस्यमा सविन धमला र दीपेन्द्र कुँवर चयन

इन्टरनेशनल जर्नलिस्ट युनियनको उपाध्यक्षमा रोसन पुरी, सदस्यमा सविन धमला र दीपेन्द्र कुँवर चयन
अ+ अ-

नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा श्रमजीवी पत्रकारका अगुवा रोसन पुरी इंन्टरनेसनल जर्नलिस्ट युनियनको नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

गत अक्टोबर ५ मा सम्पन्न अधिवेशनले चिलीका पत्रकार फेलिपे भिला प्रादोको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

सो अधिवेशनमा प्रादो अध्यक्ष चयन हुनुभयो । उक्त नयाँ नेतृत्वमा रोसन पुरी उपाध्यक्षका रूपमा चयन हुनुभएको हो । नेपालको पत्रकारिता क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि मानिएको छ । पुरीसँगै अन्य उपाध्यक्षहरूमा मेक्सिकोका हेक्तोर पार्रा गोंजालेज, पुएर्ता रिकोका नेल्सन डेल कास्तियो, तथा महिला प्रतिनिधित्वका लागि श्रीलंकाकी दुलाशी डरमासेना चयन हुनुभएको हो ।

कार्यसमिति सदस्यहरूमा नेपालबाट सविन धमला र दीपेन्द्र कुँवर, चिलीबाट जेमी भिडारोएल, मेक्सिकोबाट रेने वेगा गिल्स, चेक गणराज्यबाट रोमन बास्को र पाकिस्तानबाट अदिल शाहिद चयन हुनुभएको छ । कार्यसमितिमा पाकिस्तानका जेड. ए. मुहम्मद महासचिव, श्रीलंकाका सुदेवा हेतियाराच्ची र चेक गणराज्यका मार्टिन कालोस सहमहासचिव, चेक गणराज्यकी डेनीसा पेत्रिलाकोवा कोषाध्यक्ष तथा पोल्यान्डका मारेक ट्राच्जिक कार्यसमिति अध्यक्ष बन्नुभएको छ ।

इन्टरनेसनल जर्नालिस्ट युनियन विश्वका पत्रकारहरूको साझा छाता संगठन हो । जसले श्रम, प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका पक्षमा काम गर्दै आएको छ । सन् १९२६ मा प्रान्सको पेरिसमा स्थापना भएको यस संगठन हाल विश्वका १४० भन्दा बढि देशमा फैलिएको छ । यस संगठनमा विश्वभरिबाट करिव ६ लाख पत्रकारहरु सदस्यहरु रहेका छन् ।