२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण एक नेपालीको मृत्यु



अ+ अ-

काठमाडोैं । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।

तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिनुहुन्थ्यो । करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आउनुभएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट उहाँको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बनिधत संस्थालाई निधनबारे जानकारी गराउनुभएको थियो ।