१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’

लकडाउनमा मजदुरको पिडा : खानेकुरा सकिएपछि काठमाडौंबाट हिँडेरै सात दिनमा भालुवाङ

लकडाउनमा मजदुरको पिडा : खानेकुरा सकिएपछि काठमाडौंबाट हिँडेरै सात दिनमा भालुवाङ
अ अ+ अ-

काठमाडौं । कैलालीको भजनी गाउँपालिकाका विक्रम डँगौरा काठमाडौंबाट घर जान भनेर हिँडेको सात दिन भयो । बल्लतल्ल बुधबार दाङको भालुवाङ आइपुुगेका उनलाई घर पुग्न अझै उत्तिकै लामो बाटो पार गर्नु छ । लामो हिँडाइले उनका खुट्टा सुन्निएको पीडा त छ नै, झोलामा खानलाई राखेको चिउरा पनि सकिएको छ ।

विक्रमसँगै भेटिएका बर्दियाकै बारबर्दिया गाउँपालिकाका ६० वर्षीय सूर्यप्रसाद रिजाल पनि तनहुँबाट पाँच दिन लामो बाटो पार गरेर बल्लतल्ल भालुवाङसम्म आइपुगेका छन् । दिनरात गरी करिब १८ घन्टा हिँँडेर उनीहरू घर पुग्ने आधा बाटो छिचोल्न सफल भएका हुन् ।

विक्रम र सूर्य एक महिनाअघि मात्र घर खर्च चलाउने पैसा जुटाउन भनी क्रमशः काठमाडौंको सामाखुसीमा घर र तनहुँमा कुलो बनाउने कामका लागि गएका थिए । तर, घर खर्च चलाउने भनी पैसा कमाउन हिँडेका उनीहरू लकडाउनका कारण आफैँ घरसम्म पुग्न सकिरहेका छैनन् ।

बिरानो ठाउँमा खाने अन्न नभएपछि बाध्यतावश कोसौँ टाढाको घर पुगे बाँच्न सकिने आशामा हिँडेका उनीहरू अलपत्र अवस्थामा छन् । सरकारले लकडाउन घोषणा गरेसँगै कमाइको बाटो त बन्द भयो नै, पेट भर्ने मेसो पनि बन्द भएको उनीहरू बताउँछन् । ‘भारतीय ठेकेदार थियो, ऊ भागेर हिँड्यो । केही दिनलाई पुग्ने चामल थियो । त्यसले पुग्नेसम्म बस्यौँ । त्यसपछि दिने कोही पनि भएन,’ डँगौराले भने, ‘भोकै मर्नुभन्दा हिँडेरै भए पनि पुगिन्छ कि भनेर हिँडेको हो । तर, यहाँ आएर अलपत्र परियो ।’

घर फर्किएका सयौँ मजदुर राजमार्गमा अलपत्र

पूर्व–पश्चिम राजमार्गमा लकडाउन घोषणा गरिएको केही दिनपछि पैदल यात्रा गरेर घर पुग्न खोज्नेहरू दिनहुँ सयौँको संख्यामा भेटिने गरेका छन् । राज्यले उनीहरूलाई हिँडेर घरसम्म पुग्न सकिने छुट दिएको छ, तर सवारीसाधनमा जान दिएको छैन । दिनभरि पिच सडकमा हिँडेर भए पनि आफ्नै घर पुग्न खोज्ने प्रायः ती मजदुरको प्रश्न छ– ‘हिँडेर भोकै भए पनि जाऊ भन्ने, तर सवारीसाधनमा पुर्‍याउन नसकिने यो कस्तो खालको सरुवारोग हो रु यो उखरमाउलो गर्मीमा हामीजस्ता सयौँ नागरिक सडकमा भोकै हिँडिरहँदा मन नपोल्ने यो कस्तो सरकार हो रु’ यसरी अलपत्र पर्नेहरूमा रोजगारीका लागि दैनिक ज्यालामा काम गर्ने मजदुर छन् ।

सरकारले लकडाउन घोषणा गरेसँगै आफूले काम गर्ने स्थानमा खान पाउने अवस्था नभएपछि घर जान भनी हिँडेका सयौँ यात्रु पूर्व–पश्चिम राजमार्गमा भेटिन्छन् । भालुवाङमा भेटिएकी पाल्पाबाट चार दिनअघि घर जान भनेर हिँडेकी कैलालीकी शारदा सुनारले राजमार्गमा आफूहरूजस्तै सयौँ यात्रु अलपत्र अवस्थामा रहेको बताइन् । ‘यो गर्मीमा पिच सडकमा हिँड्नुपर्दा कैयन् मजदुर बाटोमै बिरामी परेका छन् । भोकै, चिउराको भरमा हिँडेका छन् । किनकि उनीहरूसँग अरू विकल्प पनि छैन,’ उनले भनिन्, ‘राज्यले सबैलाई एउटै व्यवहार नगरिदिए हुन्थ्यो । कोरोनाले के गर्ला भन्न सकिन्न, तर यो गर्मीमा यही अवस्थामा हिँड्नुपरे कैयन्ले बाटोमै ज्यान गुमाउनुपर्ने हुन सक्छ ।’ यसरी राजमार्ग हिँड्नेहरूमध्ये ज्येष्ठ नागरिकको अवस्था अत्यन्त कठिन भएको उनको भनाइ छ ।

दाङका प्रदेश सभा सदस्य इन्द्रजित चौधरीले राज्यले बाटोमा अलपत्र परेका यात्रुलाई घरसम्म पुर्‍याउनुपर्ने बताए । ‘दाङमा मात्र सयौँको संख्यामा दैनिक मान्छेहरू आवतजावत गरेको हामीले जानकारी पाएका छौँ । लकडाउनले सबैलाई एकै किसिमको प्रभाव पार्दैन । भोको पेट मान्छे कसरी घरभित्र रहन सक्छ,’ उनले भने, ‘बिरानो ठाउँमा मजदुरीमा गएकालाई सरकारले हेर्न सकेको छैन । यस्तो अवस्थामा घर पुग्ने आशा गर्नु नाजायज होइन । राज्यले सडकमा अलपत्र परेकाहरूलाई घरसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्छ ।’

खुवाउन सक्छौँ,पुर्याउन सक्दैनौँ : प्रशासन

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सरकारले लकडाउन घोषणा गरेको अवस्थामा यसरी आइपुगेको यात्रुका लागि आफूले केही गर्न नसक्ने बताए । यो एउटा जिल्लाको विषय मात्र नभएर समग्र देशकै भएकाले माथिबाट आउने आदेशबमोजिम नै आफूहरूले कार्यान्वयन गर्ने उनको भनाइ छ । यद्यपि जिल्लामा आइपुगेका यात्रुले चाहे खान र बस्ने व्यवस्था मिलाउन भने आफूहरू तयार रहेको रिजालले बताए । ‘यो अवस्थामा मजदुरसँग पैसा नभएर ठेकेदारले नै खुवाएर उनीहरू भएकै स्थानमा राख्नुपर्थ्यो । तर, आइसकेपछि हामीले पनि गर्न सकिने केही छैन । मजदुरहरूले चाहे खुवाउन र बसाल्न सक्छौँ,’ उनले भने, ‘योभन्दा बढी केही गर्न सकिँदैन ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।