२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले निर्वाचनसम्बन्धी सर्वदलीय छलफल गर्नुहुँदै



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्य र राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचनसम्बन्धी छलफल गर्नुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार छलफल आज शुक्रबार अपराह्न ४ बजे शीतलनिवासमै हुनेछ । निर्वाचनको तयारी, व्यवस्थापन र सहमतिको वातावरण निर्माणका विषयमा केन्द्रित रहेर संवाद हुने जनाइएको छ ।

बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू शीतलनिवास पुगेर राष्ट्रपतिसँग परामर्श गरेका थिए । आजको बैठकमा सरकारका तर्फबाट प्रमुख मन्त्रीहरू तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ ।