२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाबाट दुई क्विन्टल गाँजा बरामद



अ+ अ-

सिरहा । सिरहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ ।

सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदीे किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।

यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो । खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ ।