२४ कार्तिक २०८२, सोमबार
,
Latest
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जापानसँग खेल्दै



अ+ अ-

काठमाडौं । आइसिसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलका रूपमा जापानसँग खेल्दैछ ।

नेपाल र जापान बीचको खेल अल अमिरत क्रिकेट स्टेडियममा सवा चार बजे हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो।

समूह ‘बी’ अन्तर्गत भएको दोस्रो खेलमा जापानसँग पराजित हुँदा कुवेत भने समूह चरणबाटै बाहिरिएको छ ।

यससँगै नेपाल र जापानले सुपर सिक्समा स्थान बनाइसकेका छन् । आज नेपाल र जापानमध्ये विजेता टोली समूह विजेताका रूपमा सुपर सिक्स खेल्नेछ ।

९ टिमलाई ३ समूहमा विभाजन गरीएको यस प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।